हेलम्बुमा आईचर दुर्घटना : एकको मृत्यु, २ जना घाईते

सिन्धुपाल्चाेक, २६ वैशाख । सिन्धुपाल्चाेककाे हेलम्बुमा गएराति आईचर ट्रक दुर्घटना हुँदा एक जनाका मृत्यु भएका छन् भने २ जना घाईते भएका छन् ।

हेलम्बु गाँउपालिका २ ढोडीनीको भित्रि सडकमा बा४ ख ५३८२ नम्बरको मालबाहक ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनामा मालबाहक ट्रकमा सवार मध्ये हेलम्बु २ ढोडेनी बस्नेबर्ष ३० की पेमा तामाङको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

दुर्घटनामा घाईते २ जना लाई मेलम्ची नगरअस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा परेपछि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । मालबाहक ट्रक ब्रेक फेल भै व्याक आएर करिव सडक भन्दा १० मिटरतल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।