नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको हो ।

उनीमाथी अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यही प्रकरणमा थुनामा रहेका आरोपी सानु भण्डारीलाई कारागारमा गएर भेटेकाे आरोप छ ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।