राष्ट्रपतिद्वारा सवारीमा अनावश्यक तामझाम नगर्न निर्देशन

काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जानुहुने भएका छन्।

उहाँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जान लाग्नुभएकाे हाे ।

उहाँले सडक अवरोध गरेर नागरिकले सास्ती पाउने भन्दै त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

राष्ट्रपतिमा निर्वाचित भएसँगै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आउनु भएकाे छ।