नक्कली भुटानी शरणार्थी काण्डमा ओलीको जवाफः बाघ भोकै मर्ला तर घाँस खाँदैन

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाघ भोकै मर्ला तर घाँस नखाने बताउनु भएको छ । संसदको बैठकमा आज नीति तथा कार्यक्रमबारेको छलफलमा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउने काम नगर्न आग्रह गर्दै यस्तो बताउनु भएको हो ।

‘नेकपा एमाले १० प्रतिशत भ्रष्टाचारका सम्वन्धनमा गरिने छानविनमा सहयोग गर्न तयार छ,’ उहाँले भन्नुभयो, ‘अहिले तीन दलका नेताबिच हुने भेटमा दुई नेता दूधको कुण्डमा नुहाएका र मचाँहि एमालेका व्यक्तिलाई कारबाही नगर्ने अवस्था सिर्जना गर्नका लागि म्याँउ गर्दै गएको भने जसरी हल्ला गरिएको छ । म चुनौतिका साथ भन्न चाहन्छु । बाघ बरु भोकै पर्ला घाँस खाँदैन ।’

ओलीले नक्कली भुटानी शरणार्थी काण्ड भूइँचालो जसरी आएको भन्दै लुकाएर लुकाउन नसक्ने अवस्था भएपछि बाहिर आएको भन्दै त्यसलाई हामीले गरेको हो । भुँइचालो हामीले ल्याएको हो जसरी हल्ला गर्न जरुरी नरहेको पनि बताउनुभयो ।