आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित
काठमाडौं, ९ जेठ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यक्रममा सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बैठककाे बहुमतले अस्वीकृत गरेको थियो ।
नीति तथा कार्यक्रम राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।