कलङ्कीमा ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडाैं, १५ जेठ । काठमाडाैंकाे कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको थियो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।