जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ताका लागि रु १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन
काठमाडौं, १५ जेठ । सरकारकाले सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिनुभएको हो ।
चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गर्दै आएका मासिक चार हजार रुपैयाँको भत्तालाई सरकारले निरन्तरता दिएको छ । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सिमान्तकृत वर्ग र समूदायका बालबालिकालाई दिदैँ आएको सामाजिक सुरक्षा भत्ताका लागि सरकारले बजेट विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिनुभयो ।
जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ताका लागि रु एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो ।