भारतको संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद नक्शाबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं, १६ जेठ । भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद नक्शाको विषयलाई लिएर अहिले नयाँ बसह सुरु भएको छ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उक्त नक्शाले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने भन्दै ट्वीट गरेपछि अहिले त्यसले नयाँ बहस सिर्जना गरेको छ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा आउको यो बहले नयाँ तरंग समेत सिर्जना गरिदिएको छ । बाबुरामल आफ्नो ट्वीटमा यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना रहेको समेत उल्लेख गर्नुभएको छ । ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ,’ उहाँले लेख्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा समेत उक्त विषयलाई लिएर चर्चा भएको छ । नेकपा (एमाले) का पोलिट्व्युरो सदस्य समेत रहनु भएका सांसद ठाकुर गैरेले भारतको संसद् भवनको भित्तेनक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम राखिएको विषयप्रति लक्षित गर्दै ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रश्न गर्नुभएको थियो ।

बस्नेत प्रचण्डको भारत भ्रमणका एक सदस्य समेत रहेको भन्दै गैरेले भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम राखेको सन्दर्भमा सरकारको ध्यान पुगोस भनी ध्यानाकर्षण गराउनु भएको थियो । जवाफमा मन्त्री बस्नेतले सरकारको नोटिसमा रहेको बताउनु भएको थियो ।