कोशी सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता
विराटनगर, १७ जेठ । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिने निर्णय गरेको छ ।
कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कोशी प्रदेश सरकारलाई जसपाले दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।