सुनकोशी दुर्घटनाका बेपत्ताहरूको पहिचान खुल्यो

काठमाडौं, १९ जेठ । सुनकोशीमा आज बिहान भएकाे जीप दुर्घटनाका बेपत्ताहरूकाे पहिचान खुलेकाे छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका -७ स्थित लौकुनाबाट ७४६७ नम्बरको स्कारपियो जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाकाे पहिचान खुलेको हाे ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार दाङ राप्ती गाउँपालिका -६ का कृष्ण चौधरी उक्त गाडीका चालक रहेको र उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ का प्रशासन शाखाको निर्देशक सह-सचिव कृष्णबहादुर के.सी, पुर्वीनवलपरासी प्रगति नगरपालिका-७ का योजना महाशाखाको निर्देशक यम प्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका-५ का विद्युत प्रशिक्षक भानु पौडेल रहेको प्रहरीले जनाएकाे छ ।

स्कारपियो जीप करिब १ सय ५० मिटर तल सुनकोशीमा खसेको थियो । बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।