प्रतिनिधि सभाको बैठक आइतबार बस्दै

काठमाडाैं, २१ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

बैठक आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएकाे हाे ।

बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।