सिमेन्ट बोकेको टिपर त्रिशूलीमा खस्दा चालक घाइते

चितवन, २२ जेठ । चितवनकाे नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् ।

बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गर्दा अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *