प्रधानमन्त्रीले भारतबाट के के न ल्याएको झैं प्रचार गरे तर नेपाललाई फाइदा हुने केही आएन : अध्यक्ष ओली
काठमाडाैं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा के के न ल्याएको झैं प्रचार गरेकाे बताउनुभएकाे छ ।
उहाँले सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा के के न ल्याएको झैं प्रचार गरेकाे तर उपलब्धीको रूपमा १५ वटा राँगा मात्र देखिएकाे बताउनुभएकाे हाे ।
उहाँले प्रधानमन्त्रीले भारतबाट के के न ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नआएकाे बताउनुभयाे । उहाँले मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘फागुन १ गते दिवस मनाउने? यो राष्ट्रिय दिवस हो? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । त्यस्तो कुरालाई जयजयकार गर्न सकिन्न।