प्रतिनिधि सभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने

काठमाडाैं, २४ जेठ । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आजपनि आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुनेछ।

सोमबारबाट प्रारम्भ भएको बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ।

सरकारकाे नीति तथा कार्यक्रमले मुलुककाे विद्यमान संकट समाधान गर्न नसक्ने भन्दै नेकपा एमालेले बजेट सच्याउन माग गरेको हाे ।

अन्य विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा छलफलमा राखेका छन्।