वानएक्स बेटमार्फत सट्टेबाजी गरेकाे अराेपमा पक्राउ परेका ८ जनामा युट्युबर ‘अलिश राईदेखि राजु मास्टर, बल्छी ध्रुब्रेसम्म’

काठमाडौं, ३२ जेठ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमार्फत सट्टेबाजी गरेकाे अराेपमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ ।

युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेकाे हाे । पक्राउ पर्नेमा चर्चित कलाकारदेखि युट्युबरहरू रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र रहेका छन् ।

प्रहरीले उनीहरूलाई युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा पक्राउ गरेको जनाएकाे छ ।

बुधबारमात्रै प्रहरीले वानएक्स बेटमार्फत सट्टेबाजी गरेकाे अराेपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा ७४ करोड रूपैँया कारोबार गरेको अनुसन्धानबाट खुलेको थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *