उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै जिल्ला अदालत अगाडि प्रदर्शन
काठमाडाैं, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा सरकारले फिर्ता गरेपछि जिल्ला अदालत काठमाडौं बाहिर प्रदर्शन भएको छ ।
बृहत नागरिक आन्दाेलनकाे अगुवाइमा अदालतअगाडि विभिन्न नारा लेखिएकाे व्यानर सहित प्रदर्शन भएकाे हाे । प्रदर्शनकारीहरूले मुद्दा फिर्ता लिने सरकारकाे निर्णय खारेज गरेर चलाउनेलाई न्याय दिन माग गरेका छन् ।
उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्।
प्रदर्शनमा सहभागीहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’
अपराधीलाई राजनितीकरण गर्न पाइदैन जस्ता नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका छन् ।
मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धकाे ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो।