प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात

काठमाडौं, २८ असोज । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आजसम्म कोषका विभिन्न खातामा कुल १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ मौज्दात रहेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर जम्मा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *