सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, ४ जना घाइते
धनगढी, ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।
डडेल्धुराबाट बझाङको चैनपुर जाँदै गरेकाे सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडाकाे सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।
दुर्घटना मन्त्री सिंहसहित ४ जना घाइते भएकाे प्रहरीले जनाएको छ । घाइते मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
घाइते ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।