सोमपालको अर्धशतकमा कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौँ, १२ कात्तिक । कप्तान सोमपाल कामीको अविजित ६२ रनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा हराएको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा पूरा गर्‍यो।

सोमपालले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे। उनले गुल्सन झासँग सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गरे। गुल्सनले २१ बलमा २८ रन बनाए।

कर्णालीले सुरुवाती पाँच विकेट सस्तैमा गुमाए पनि सोमपालले पवन सर्राफसँग छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याए। पवनले ३६ रन बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *