प्रतिनिधिसभा बैठकमा बजेटमाथिकाे प्रश्नको मन्त्रीहरूले जवाफ दिने
काठमाडौं, १० असार । प्रतिनिधिसभाकाे आजकाे बैठकबाट बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।
बैठक आज बिहान १० बजेदेखि संघीय संसद भवन नयाँबानेश्वरमा सुरू हुनेछ । बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।