काठमाडाैंकाे भोटेबहालमा इनारमा डुबेर दुई जनाकाे मृत्यु

काठमाडाैं, ११ असार । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई जनाकाे मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई युवक आज बिहान साढे ८ बजे तिर इनारमा डुबेको अवस्थामा मृत भेटिएको हाे ।

मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेकाे परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

एसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।

दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको एसपी रिजालले जानकारी दिए।

पछि उनीहरूसँगै रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *