नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौं, १६ असार । नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

साेही खण्डकाे इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेर सडक अवरूद्ध भएकाे हो ।

बिहीबार मध्याह्न सोही स्थानमा सडक अवरुद्ध भएको थियाे । साे सडक खण्ड २८ घण्टापछि शुक्रवार साँझ ५ बजेमात्र सञ्चालनमा ल्याइएको थियो ।

पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडक केही घण्टा नहुँदै पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुनः पहिरो खसेसँगै यस सडक फेरी अवरूद्ध भएकाे छ भने यात्रुहरू अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम सुरु भएकाे छ ।