आइसीसी विश्वकप छनोट : आयरल्याण्डलाई दियो नेपालले २६९ रनको लक्ष्य

काठमाडौं, १९ असार । आइसीसी विश्वकप छनोट अन्तर्गत हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

सातौं स्थानका लागि खेलिरहेकाे नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।

आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे । झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । ओपनर ब्याटर अर्जुन साउदले ४८ रन बनाए । उनले ४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

अर्का ओपनर कुशल भुर्तेल क्याच आउट भए । ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै क्याच भए ।

भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे । त्यस्तै करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए । किशोर महतो १ रनमा अविजित रहे ।

बलिङमा आयरल्यान्डका मार्क एडियर, ब्यारी म्याकार्थी र क्रायग योङले २-२ विकेट लिए।