पोखराविरुद्ध लुम्बिनीले टस जित्यो, फिल्डिङ रोज्यो

काठमाडौँ, १७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबीचको खेल भइरहेको छ ।

जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । दुई खेल खेलेको उसले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलमा अङ्क बाँडेको छ । पोखराले भने दुई खेल खेल्दा अहिलेसम्म जित निकाल्न सकेको छैन । आजको खेल जित्दै पोखरा प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको थियो ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *