कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद गठन, सुनुवार र जवेगु बने बिनाविभागीय मन्त्री

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्द्व थापाले पद तथा गोपनियताको सपथ लिनुभएकाे छ ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीबाट कमल जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री नियुक्त हुनुभएकाे हाे ।

मन्त्रीहरुको कार्यविभाजन बाँकी रहेकोले विना विभागीय मन्त्रीका रुपमा मन्त्रीद्वयले आजै शपथ ग्रहण गर्नुभएकाे छ । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।