प्रतिनिधिसभाको बैठक दुई घण्टा सर्‍यो

काठमाडाैं, २४ असार । आज दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछाडि सारिएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सार्नुभएको हो ।

प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूकाे बैठक आज बस्नुभएकाे थियाे ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिनुभएकाे थियाे ।

एमालेले सोही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डकाे राजीनामा माग्दै दुवै सदन अवरूद्ध गर्दै आइरहेका छन् ।