सप्तकोशीमा ट्रक खसेर बेपत्ता, तीन जनाकाे सकुशल उद्धार
काठमाडाैं, २९ असार । सप्तकोशी नदीकाे कोसी ब्यारेज पुलबाट ट्रक नदीमा खसेको छ ।
सुनसरी र सप्तरीको सिमानामा पर्ने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस ठाेक्किएर कोशी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको हो ।
नदीमा खसेको ट्रक बेपत्ता छ भने ट्रकमा सवार तीन जनालाई सकुशल उद्धार गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।
ट्रक खस्दा कोशी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको प्रहरीले जनाएकाे छ ।