बञ्चरेडाँडामा स्थानीयद्वारा फोहोर विसर्जनमा अवरोध
काठमाडाैं, ५ साउन । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण फोहोर विसर्जनमा अवरोध भएकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता सीताराम रिजालका अनुसार फोहोर व्यवस्थापनमा अवरोध भएपछि प्रहरी परिचालन गरिएको छ।
अहिले उक्त स्थानमा एक सय ५० हाराहारीमा प्रहरी परिचालन गरी महानगरको फोहोर बोकेको गाडी लगिएको प्रहरीले जनाएकाे छ ।
ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन।
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।