संसदीय समितिमा सत्तापक्षकै सांसदले मागे गृह र अर्थमन्त्रीको राजीनामा

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएकाे छ ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाेल्नुहुँदै उहाँले सुन तस्करीको बारेमा छानबिनमा सघाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएकाे हाे ।

सांसद शर्माले छानबिनमा सघाउन मन्त्रीद्वयले राजीनामा दिनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे। “राष्ट्रिय काण्डका रूपमा जुन सुन काण्ड बाहिर आएकाे छ, पटक पटक सुन भन्सारबाट छिरिरहने थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ”।

उहाँले अनियमितताको कुरामा पक्ष, विपक्ष पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गर्नुभयाे ।