पार्टीमा गगनका १३ बुँदे फरक मतः सुशासन र भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक सकिएपछि सार्वजनिक भएका निर्णयहरुमा महामन्त्री गगन थापाले १३ बुँदे फरक मत प्रस्तुत गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत फरक बुँदा सार्वजनिक गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिएको भन्दै बैठकमा महत्वपूर्ण धारणा राख्ने,सूझाव प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

‘बैठकमा पार्टीको एजेण्डा, प्राथमिकता, कार्ययोजना र कार्यतालिका लगायतका विषयमा साउन ८ गते मैले राखेको अवधारणा लिखित रुपमा आज सभापतिज्यूलाइ बुझाएको छु। साथै सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बैठकमा राखेको मेरो फरक मत लिखित रुपमा दर्ज गरेको छु,’ उहाँले भन्नुभएको छ । फरक मतमा थापाले शरणार्थी प्रकरणमा मात्रै नभएर जुनसुकै भ्रष्टाचारको निष्पक्ष र छानबिन गरी दोषीलाई गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

त्यसैगरी उहाँले पार्टी नेता र कार्यकर्ता न्युनतम आचरणमा रहनु पर्ने पार्टीको विचार, नीति र सिद्धान्तमा आँच आउने काम गर्दा पार्टीको छवि र विश्वास गरेको मर्यादामा समेत आँच आउने उल्लेख गर्नुभएको छ । शासकीय संरचनामा प्रवृत्तिकै रुपमा जरो गाडेर बसको भ्रष्टाचार, कुशासनलगायतले गर्दा राजनीतिक दल र नीतिनिर्माता तह, राजनीतिककर्मी र कर्मचारीतन्त्रमा पनि वितृष्णा उत्पन्न भएको भन्दै त्यो जायज रहेको उल्लेख गर्नुभएको छ ।
यस्ता छन् थापाका फरक मतका १३ बुँदा