एमाले नेता दुलालको प्रश्नः मजदुर आन्दोलित सरकार किन मौन ?

काठमाडौं, १४, साउन । नेकपा (एमाले) उपत्यका बिषेश प्रदेश कमिटी अन्तर्गत रहेको मजदुर विशेष जिल्ला कमिटीले उपत्यकाका सवै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम गरी मजदुरहरूलाई उनीहरूको अधिकारबारे सुसूचित गराएको छ ।

पालिकाहरूमा प्रशिक्षण कार्यक्रम गर्ने कार्यक्रम अन्र्तरगत नै ललितपुर महानगरपालिकामा पनि यस्तै कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं मजदुर विशेष जिल्ला कमिटीका इञ्चार्ज गोविन्दप्रसाद दुलालले उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै मजदुरहरूका बारेमा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) ले बुझाएका मागहरू १५ दिनभित्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु अघि बढाउने चेतावनी दिनुभयो ।

‘प्रत्येक वर्ष थपिने पाँच लाख थप जनशक्तिबारे सरकारले नीति बनाउन नसक्नुका कारणबाट भारतबाहेक अन्य मुलुकमा मात्रै झण्डै चालीस लाख नेपाली कामदारका रुपमा विदेशिनु पर्ने बाध्यता छ,’ दुलालले भन्नुभयो, ‘हरेक दिन करिब एक हजार पाँच सय श्रमिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समेत सरकार त्यसप्रति बेखवर बनेको छ ।’

उहाँले विप्रेषणलेबाट प्राप्त रकमलाई उत्पादनमा लगाउन नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसका कारण स्वदेशमा रोजगारी सिर्जना हुन नसकेको भन्दै सरकारलले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

दुलालले सरकारले हरेक दुई वर्षमा वृद्धि गर्नुपर्ने पारिश्रमिक वृद्धि नगरेको भन्दै मजदुरहरु आन्दोलित हुन थालेको स्मरण गराउनुभयो । ‘न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने, सामाजिक सुरक्षामा कार्यक्रममा मजदुरहरुलाई समावेश गरिनुपर्ने, अन्तर्राष्ट्रिय कामदारसम्बन्धी महासन्धिहरूको पालाना हुनुपर्ने, बिमा तथा अन्य सुविधाहरु उपलब्ध गर्नुपर्ने लगायतका मागहरु राखी आन्दोलित मजदुरहरु आन्दोलित बनेका छन्,’ उहाँले भन्नुभयो, ‘मजदुरहरुका जायज मागको सम्वोधन होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *