जनमत पार्टीको केन्द्रीय समिति बैठक बुद्धनगर सुरु

काठमाडाैं, १८ साउन । डा सिके रावत नेतृत्वकाे जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।

भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष / नगर प्रमुख / उपप्रमुख / गाउँपालिका अध्यक्ष / उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताउनुभयो ।