उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं, १३ मङ्सिर । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०३, तीव्र गतिमा चलाउने ११३, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३६ र सीसीटीभी निगरानीबाट पहिचान भएका ३५ जना छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने, लेन मिच्ने, एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने तथा अन्य ट्राफिक नियम पालना नगर्ने चालक पनि कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायातका लागि चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *