मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन सहित छ जना गम्भीर
मकवानपुर, २४ साउन । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना सहित छ जना गम्भीर बिरामी परेका छन् ।
राक्सिराङ गाउँपालिकाकाे औडारका स्थानीयले जंगलबाट ल्याएकाे जंगली च्याउ पकाएर खाँदा एकै परिवारका तीन सहित छ जना गम्भीर बिरामी परेका हुन् ।
च्याउ खाएर बिरामी पर्नेमा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए ।
च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए ।