सर्लाहीमा युवकको काटिएको टाउको भेटियो

सर्लाही, २५ साउन । सर्लाहीमा शरीरबाट अलग गरिएको अवस्थामा एक युवकको टाउको फेला परेको छ।

सर्लाहीकाे हरिवन नगरपालिका-४ स्थित लखन्देही खोलाको पुलमुनि बिहीबार बिहान शरीरबिनाको टाउको मात्र फेला परेको प्रहरीले जनाएकाे छ ।

अन्दाजी २५-२६ वर्षका युवकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

पुलमुनिको खाेलाछेउमा टाउको मात्र देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । फेला परेको टाउलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो भन्ने विषयमा अनुसन्धानप भइरहेको डीएसपी पञ्जियारले बताए ।