उदयपुरमा १७ वर्षीया बालिकामाथि जबरजस्ती, एक युवक पक्राउ
उदयपुर, ४ मङ्सिर। १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–६ निवासी १९ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट रौतापोखरीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
