सत्ता र प्रतिपक्ष दुवैतर्फबाट विरोध भएपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तापक्षकाले शुक्रबारको राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेपछि आगामी बुधबारसम्मको लागि स्थगित भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आ–आफ्नो सिटबाट उठेका थिए।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमित गराउने वातावरण बनाइदिन सबै सांसदहरुलाई बस्न आग्रह गर्दा पनि सत्तापक्ष र प्रतिपक्षका सांसद उठेका थिए।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक साउन ३१ गते बुधबारसम्मको लागि स्थगित भएको घोषणा गरे।

एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।