माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसंगै नयाँ मन्त्रीको शपथ सोमबार बिहान हुने
काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
माओवादी केन्द्रले मन्त्री मोदीलाई फिर्ता बोलाएसंगै भाेली सोमबार बिहान जनमत पार्टीकी अनिता देवीले पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।
अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने तय भएको माओवादी केन्द्रका एक पदाधिकारीले बताएका छन् ।