महानगरले सच्यायो हनुमानढोकाको सूचना

काठमाडौं, ३१ साउन । काठमाडौंको हनुमानढोका दरवार क्षेत्रमा परम्परादेखि चल्दै आएको धार्मिक सांस्कृतिक कार्यहरू सञ्चालन गर्न पनि काठमाडौं महानगरपालिकाको पूर्व स्वीकृति लिनु पर्छ भन्ने आफ्नो पुरानो सूचनालाई महानगरपालिकाले सच्याएको छ ।

नयाँ सूचना अनुसार अब हनुमानढोका क्षेत्रमा परम्परादेखि चल्दै आएको धार्मिक सांस्कृतिक पर्वहरू सञ्चालन गर्न महानगरपालिकाको पूर्व स्वीकृति नचाहिने भएको छ ।

यस अघि महानगरपालिकाले जारी गरेको सूचनामा परम्परादेखि चल्दै आएको धार्मिक सांस्कृतिक कार्यहरू सञ्चालन गर्न पनि महानगरपालिकाको स्वीकृति लिनु पर्ने व्यहोरा उल्लेख गरिएको थियो ।

काठमाडौं महानगरपालिकाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमले आफ्नो सूचनालाई संशोधन गरी आज नयाँ सूचना जारी गरेको छ । नयाँ सूचनामा परम्परादेखि चल्दै आएका धार्मिक–सांस्कृतिक कार्यहरू सञ्चालन गर्न महानगरपालिकाको पूर्व स्वीकृति नचाहिने व्यहोरा उल्लेख गरिएको छ ।

महानगरपालिकाले जारी गरेको पहिलो सूचनाको विरोधमा सम्पदा अभियन्ता लगायत सर्वसाधारणबाट समेत कडा आलोचना भएको थियो ।

नयाँ सूचना अनुसार यी बाहेक हनुमानढोका दरवार क्षेत्र लक्षित अन्य कार्यक्रम गर्न भने पूर्व स्वीकृति लिनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *