पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र श्रीमती मञ्जुमाथि भ्रष्टाचार आरोपमा अख्तियारले थाल्याे अनुसन्धान
काठमाडौं, १ भदाै । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी श्रीमती मञ्जुमाथि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु गरेको छ।
खाँण दम्पत्ती गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा बोलाएर अख्तियारले अनुसन्धान सम्बन्धी फारम भराएको स्रोतले जनाएको छ।
अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो।
बालकृष्ण खाँणविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियारमा उजुरी परे पनि अहिलेभने खाँण दम्पत्तीमाथि सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान सुरु भएको हो।
नक्कली शरणार्थी मामिलामा खाँणमाथि भ्रष्टाचारको अभियोग आकर्षित हुने प्रमाणहरु सरकारी वकिलको कार्यालयले ठगी र किर्तेको मुद्दा चलाउने क्रममा जिल्ला अदालतमा पेश गरेको छ।
खाँणमाथि घुसबापत एक करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप लागेको स्रोतले जनाएको छ।