नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख , कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलगाएत, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो ।