सिरहामा निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर

सिरहा, ६ भदौ । सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ ।

यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ ।

सामाजिक उत्तरदायित्वस्वरुप यस प्रकारको कार्यक्रम सञ्चानल गर्न लागिएको मञ्चका अध्यक्ष राहुल सार्दाले बताउनुभयो । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले समयसमयमा सामाजिक क्षेत्रमा काम गर्दै आएका उहाँले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा नारायण सेवा संस्थानबाट आएका प्रतिनिधिले शारीरिक रूपमा अस्वस्थ (हातखुट्टा नभएका) व्यक्तिको कृत्रिम अङ्ग निर्माण तथा प्रत्यारोपणका लागि नापजाँच गर्ने छन् । “नापजाँच पछि छिमेकी राष्ट्र भारतमा कृत्रिम अङ्ग निर्माण हुनेछ”, सार्दाले भन्नुभयो, “त्यसका लागि डेढ–दुई महिना लाग्नेछ । कृत्रिम अङ्ग निर्माणपश्चात् प्रत्यारोपणको तयारी गरिने छ ।”

उक्त शिविरमा करिब दुई सय अपाङ्गता भएका व्यक्तिले लाभ लिन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । य