केरुङ नाका हुँदै भित्रिएकाे एक किलो सुनसहित महिला पक्राउ

काठमाडाैं, १७ भदाै । नेपाल–चीन सिमानामा पर्ने रसुवागढी नाका हुँदै भित्रिएकाे एक किलो सुनसहित महिला पक्राउ परेकी छन् ।

रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीका अनुसार उक्त नाका हुँदै ल्याइएकाे सुनसहित पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेका छन् ।

रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताए।

उनले लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो ।

बरामद सुनसहित ४१ वर्षीया पाछेमुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *