पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

काठमाडौं, ४ मङ्सिर । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धानका क्रममा अर्यालको समेत संलग्नता देखिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि नेपालबाहिर पुगेका अर्याललाई भारतको कोलकाताबाट भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

उक्त प्रकरणमा यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन् । सीआईबीले अर्याल पक्राउ परेको पुष्टि गरे पनि पक्राउ गरिएको स्थान र समयबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *