दोलखाबाट काठमाडौं आउँदै गरेको ‘स्कारपियो’ सिन्धुपाल्चोकमा दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोक, १७ भदौ । सिन्धुपाल्चोककाे सुनकोसी गाउँपालिकाकाे पाँचकिलो नजिकै स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ भने चार जना घाइते भएका छन् ।
दोलखाबाट काठमाडौं आउँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेका छन् ।
स्कारपियो सडकबाट करिब तीन सय मिटर तल सडकमा खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।