तनहुँमा सयपत्री फूलको व्यवसायिक खेती

तनहुँ, १७ भदौ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् ।

विदेशबाट आयत हुने फूललाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मिनर्भर बनाउन फूलखेतीलाई प्रवद्र्धन गरिएको हो ।

आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् ।
‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको हो ।

आमा समूहलाई उत्पादनमूलक समूहमा परिणत गर्ने अभियानअन्तर्गत व्यावसायिक फूल खेती सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

विदेशबाट आएको फूल आयतलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनभर बनाउन यस किसिमको कदम चालेको उहाँले बताउनुभयो । त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे–५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाउनुभएको छ । पुष्पखेती विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले सयपत्री फूलखेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

फूलमा देश आत्मनिर्भर हुन नसक्दा बर्सेनि छिमेकी देशसँग निर्भर भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्षयता यहाँका किसान पुष्पखेती तर्फ आकर्षित हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *