तिहारपछि सुनको मूल्य १४ हजारले घट्यो, आइतबार तोलामा थप १ हजार ५०० सस्तो
काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी छ । आइतबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ । तिहारयता सुनको भाउ १४ हजार १०० रुपैयाँले घटिसकेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तिहारअघि गत सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ थियो । त्यसयता नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १०० रुपैयाँले घटेको छ । शुक्रबार तीन हजार ७०० रुपैयाँ रहेको चाँदीको मूल्य आज तीन हजार ६०० रुपैयाँ कायम भएको छ ।
तिहारयता चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेको छ । गत सोमबार चाँदी प्रतितोला तीन हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
