अमेरिकी सिनेटर र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, १७ भदाै । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट गर्नु भएको छ ।
आइतबार सिंहदरबारमा अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच शिष्टाचार भेट गर्नु भएको हो ।
अध्यक्ष ओलीसँगकाे भेटमा नेपाल भ्रमणमा रहनुभएका होलेनले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएकाे थियाे । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताउनुभयाे ।
उहाँले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राख्नुभएकाे र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताउनुभएकाे जानकारी दिनुभयाे ।
उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएको जानकारी गराउनुभयाे । उहाँले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न सुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताउनुभयाे ।।
होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उहाँ गत शुक्रबार नेपाल आउनुभएकाे थियाे ।