वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा १२ बजेसम्म राखेर पशुपतिमा अन्त्येष्टि गरिने

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

त्यसपछि १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति आर्यघाटमा राखेर दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने महानगर स्रोतले जनाएकाे छ ।

वडाध्यक्ष रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत रहनु भएका उहाँ गत स्थानीय तहको निर्वाचनमा दोस्रो पटक विजयी हुनुभएको थियो ।