सर्लाहीमा कर्फ्यु हटाएपनि २७ गतेसम्म निषेधाज्ञा

काठमाडाैं, २४ भदाै । सर्लाहीमा जारी कर्फ्यु हटाइएपनि प्रशासनले तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार श्रीकृष्ण को मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार साँझदेखि बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो।

जिल्ला प्रशासनले कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मलंगवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्मसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको‍ छ।

शुक्रबार साँझ श्रीकृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *